ad ad

राजनीति


माओवादी सांसदको आरोप : सांसद र राष्ट्रपति दुवैले विवेक प्रयोग गर्न सकेनन्

माओवादी सांसदको आरोप : सांसद र राष्ट्रपति दुवैले विवेक प्रयोग गर्न सकेनन्

नेपालखबर
भदौ २, २०७९ बिहिबार १६:३१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाएकी छन्। 

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन्। विशंखेले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताइन्।

उनले सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिइन्। नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने उनको जिकिर थियो। 

नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रुपमा नागरिकता दिनुपर्ने उनको तर्क छ। 

नागरिकताबारे फरक रुपमा रहँदा फरक तर्क गर्न नमिल्ने उनले बताइन्।

'आज पनि हामीले छोरा र छोरीलाई विभेद गर्ने वहस सिर्जना गरिरहेका छौँ। यो बहसको बिरोध गर्न चाहन्छु। महिला निरीह हुनु हुँदैन। नेपाली चेलीसँग विवाह गर्ने पुरुषले नेपालमा बस्छु भन्दा नागरिकता दिन सक्ने वातावरणबाट कसरी हल गर्ने?', उनले सोधिन्, 'यो बहस पनि छैन। यहाँ कुन कोणबाट वहस भइरहेको छ। छोरीसँग विवाह गरेर आउने ज्वाईंले चाहन्छन् भनेपनि र छोरासँग विवाह गरेर आउने बुहारीले चाहेमा पनि नागरिकता दिन सक्नुपर्छ। जानपनि सक्छन् आउनपनि सक्छन्, उनीहरुलाई पनि नागरिकता सहज ढंगले दिनुपर्छ।'

उनले थर फेर्न, नाम फेर्न चाहनेलाई पनि नागरिकता दिनुपर्ने बताइन्। 'यो नागरिकता दिनुपर्छ भन्ने विषय हो। एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन? विवेकको प्रयोग गरौँ', उनले थपिन्, 'मेरो प्रश्न र चुनौती छ विवेकको प्रयोग गर्न सक्नुहुन्छ? ठूला बहस गर्नेलाई मेरो चुनौती छ। राष्ट्रपति जस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन। अरुको के कुरा गर्ने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .