ad ad

राजनीति


बालेनलाई योगेशको आग्रह : देउवा सरकारको हुती छैन, एमालेसँग भिजन छ आउनुस्

बालेनलाई योगेशको आग्रह : देउवा सरकारको हुती छैन, एमालेसँग भिजन छ आउनुस्

नेपालखबर
साउन २९, २०७९ आइतबार १२:४०, काठमाडौँ

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई पाँच दलीय गठबन्धनलाई हुती नभएको भन्दै भर नपर्न आग्रह गरेका छन्। 

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेको स्वास्थ्य विभाग प्रमुखसमेत रहेका भट्टराईले काठमाडौंको फोहोर ७१ दिनदेखि नउठ्दा संकट बढ्दै गएको पनि उल्लेख गरे।

'काठमाडौंका मेयर बालेन शाहलाई आग्रह, ठोस प्रस्तावसहित एमालेसँग सहकार्य गर्न आउनुस्', उनले भने, 'हुती नभएको यो सरकारसँग भर नपर्नुस्। एमालेसँग त्यो भिजन छ', उनले भने, 'यसअघि १४ दिनसम्म फोहोर नउठेको रेकर्ड थियो। तर अहिले ७१ दिन भइसकेको छ फोहोर नउठेको। 
यदि तपाईं यो सरकारको भर पर्नु भयो भने असफल हुनुहुनेछ।'

उनले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले फोहोर व्यवस्थापनमा चासो नदिएर काठमाडौंलाई बर्बाद बनाउन लागेको पनि आरोप लगाए।

'यो सरकारको कार्यशैलीले काठमाडौं बर्बाद हुनेछ', उनले मेयर शाहलाई भने, 'काठमाडौंको सांस्कृति सम्पदालाई जोगाउन तपाईं चाँडोभन्दा चाँडो निर्णय लिनुस्, एमालेसँग मिलेर जाने गरी आउनुस्।' 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .