ad ad

राजनीति


देउवा, बाबुराम र महिन्द्रबीच वार्ता, गठबन्धनमा सामेल हुनेबारे छलफल

देउवा, बाबुराम र महिन्द्रबीच वार्ता, गठबन्धनमा सामेल हुनेबारे छलफल

नेपालखबर
साउन २४, २०७९ मंगलबार १७:१८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीले जनाएको छ।

भेटवार्तामा नेपाल समाजवादी पार्टी पाँच दलीय गठबन्धनमा सामेल हुने र चुनावी तालमेल गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।

डा. भट्टराई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट अलग भएपछि गठबन्धन भन्दा बाहिर छन्।

छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .