नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन दलबीच विकास निर्माणबारे साझा धारणा बनाउन प्रस्ताव गरेका छन्।
शुक्रबार बसेको पाँचदलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठकमा कार्यदल सदस्यसमेत रहेका थापाले सो धारणा राखेका हुन्।
उनले सिट बाँडफाँटसँगै गठबन्धनप्रति प्रतिवद्धता र विकासका सवालमा साझा धारणा बनाउनुपर्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए।
‘कार्यदल सदस्यहरुले आ आफ्नो दलको बैठकमा भएको कुराहरु सुनाए। गठबन्धनप्रति प्रतिबद्ध भएर जाने कुरा भयो’ ती नेताले भने, ‘कांग्रेस महामन्त्री गगन थापाले सिट बाँडफाँट मात्रै नभै गठबन्धनमा आबद्ध दलहरुले विकासका बारेमा प्रष्टसँग साझा धारणा बनाउनु पर्ने प्रस्ताव गरे। प्रस्तावमा सबैले सहमति जनाए।’
90
Shares
प्रतिक्रिया