नेकपा एमालेकी सांसद शान्ता चौधरीले वर्तमान सरकार बजारको मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिएको बताएकी छन्।
आइतवार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै चौधरीले महँगी बढ्दा पनि सरकार साक्षी बस्न ब्यस्त रहेको आरोप लगाएकी छन्।
उनले बजारमा वस्तुको अत्याधिक रुपमा बजार मूल्य बढ्दा समेत सरकार टुलुटुलु हेरेर बसिरहेको गुनासो गरेकी छन्।
‘अहिले अत्याधिक रुपमा बजार मूल्य बढेको छ। तर सरकार टुलुटुलु हेरेर बसेको छ। एक झोला समान किन्न एक झोला नै पैसा लिएर
जानुपर्छ', उनले भनिन्, 'यस्तो बेला गरिबको चुलो नबल्न सक्छ। महँगीको नाममा भोकमरी आउनसक्छ। सरकारको काम महँगीको साक्षी बस्ने होइन। नियन्त्रण गर्ने हो।
गठबन्धनको खुल्ला बजार नीति प्रमुख कारण हो। सरकार महँगी नियन्त्रण भन्दा पनि गठबन्धन खुस्किन्छ की भन्ने चिन्ताले हात बाँधेर बसेको छ।’
Shares
प्रतिक्रिया