ad ad

राजनीति


जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

नेपालखबर
साउन २०, २०७९ शुक्रबार २१:२८, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँणले विपदको घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

शुक्रबार गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले विपद जुनसुकै बेला आउन सक्ने भएकोले पूर्वसूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

बैठकमा उपस्थित विषयगत मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्री खाँणले जिल्लास्तरीय मातहतका निकायलाई समन्वयात्मक ढंगले काम गर्नेगरि संयन्त्र बनाउन पनि निर्देशन दिए।  

मनसुनजन्य विपदले निम्त्याउने जोखिम हरेक वर्ष बढिरहेको अवस्थालाई मध्य नजर गर्दै सबै निकायले आफूसँग भएका पूर्वसूचनालाई बाँडेर काम गर्न पनि गृहमन्त्री खाँणले निर्देशन दिए।

विपदजन्य जोखिम विरुद्ध लड्न एक्लै सम्भव नभएकोले स्थानीय सरकार र प्रदेश सरकारसँग मिलेर योजना बनाएर काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए।

मनसुनको सिजनमा सबैभन्दा पहिला बाटो बिग्रने र अवरोध सृजना हुने भएकोले स्थानीय बाटो सडकलाई बिग्रन नदिने बिग्रिहाले समयमा नै मर्मत गर्ने अवरोध हटाउन विशेष ध्यान दिएर काम गर्न सबै निकायलाई निर्देशन दिए।

यस्तै बैठकले विपद सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास गरेको छ। विपद सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास भए पछि सरकारले बनाएको कोषबाट रकम निकालेर राहत उद्धारमा आवश्यक खर्च गर्न अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने अवस्था हटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .