नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसभित्र लोकतन्त्रप्रति समर्पित कार्यकर्ताहरु पनि रहेको दाबी गरेका छन्।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु राणाप्रति कटाक्ष गर्दै ‘फलानोको मेडमलाई प्रधानमन्त्री बनाउन नै सबै कार्यकर्ता खटेका हुन त?’ भन्दै प्रश्न गरे।
‘नेपाली कांग्रेसभित्र फलानोको मेडमलाई प्रधानमन्त्री बनाउन नै सबै कार्यकर्ता खटेका हुन त? होइन नि त्यहाँ लोकतन्त्रप्रति समर्पित मान्छेहरु पनि छन्,’ ओलीले भने, ‘हामीले ती मान्छेलाई भन्नपर्यो तपाईंहरु के का लागि काम गर्नुहुन्छ?’
राष्ट्रियता, लोकतन्त्र र शान्ति सुरक्षा, स्थायित्व, विकासको पक्षमा एमाले गम्भीर भएको उनले बताए। ‘जनताको बिचमा ब्यापक योजनाबद्ध हिसाबमा जान्छौं,’ ओलीले भने, ‘आपसमा गरिने छलफलबाट अनावश्यक तवरले समय खर्च नहोस्,’
Shares
प्रतिक्रिया