ad ad

राजनीति


सांसद रेणुका गुरुङको माग : मेरो घरमा रकेट बम हाने, आजीवन सुरक्षा चाहियो

सांसद रेणुका गुरुङको माग : मेरो घरमा रकेट बम हाने, आजीवन सुरक्षा चाहियो

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०७९ मंगलबार १३:३६, काठमाडौँ

जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङले सोमबार साँझ महाराजगञ्जस्थित आफ्नो निवासमा अज्ञात समूहले रकेट बम हानेको दाबी गरेकी छन्। 

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले आफू देशलाई शिरमा बोकेर हिँड्ने नेपाल आमाकी छोरी भएकाले आक्रमण प्रयास भइरहेको पनि उल्लेख गरेकी छन्। 

'हिजो राति ८ बजेर २५ मिनेटमा देशलाई माया गरेको देख्न नसक्नेले मेरो घरको गेटमा बम पड्काए', उनले भनिन्, 'यसले घरमा सबै आतंकित भए। झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मान्छे मोटरसाइकलमा गएको देखेँ। तर अँध्यारो भएकाले चिन्न सकिन।'

उनले त्यसपछि महानगरीय प्रहरी बृत्त महाराजगञ्ज र गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेको बताइन्। 

'त्यसपछि महाराजगञ्ज थानाको नम्बर खोजेँ फोन गरेँ। गृहमन्त्रीलाई पनि गरेँ उठेन। प्रहरी आएपछि म पनि आँगनमा ‌ओर्लिएँ', उनले भनिन्, ' कम्पाउन्डभित्र रकेट बमको खोल भेटियो। जुन प्रहरीले लिएर गए। त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ उहाँले सान्त्वना दिनुभयो।'

गुरुङले आफू संघीय सांसद र पूर्व राज्यमन्त्री पनि भएकाले सुरक्षागार्ड उपलब्ध गराउन माग गरिन्। 

'म संघीय सांसद र कार्यपालिका सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्व राज्यमन्त्रीले पाउनुपर्ने सुरक्षा दिनु। आजीवन पीएसओको व्यवस्था गरिदिनुस्', उनले भनिन्, 'मेरो ज्यान जोखिममा रहेकाले सुरक्षा चाहियो।' 

गुरुङ पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री हुन्। उनी जनता समाजवादी पार्टीबाट समानुपातिक प्रतिनिधित्व प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .