ad ad

राजनीति


जनार्दन शर्माबारे गठित छानबिन समितिको बैठक सिंहदरबारमा

जनार्दन शर्माबारे गठित छानबिन समितिको बैठक सिंहदरबारमा

नेपालखबर
साउन ६, २०७९ शुक्रबार ११:४२, काठमाडौँ

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक सिंहदरबारमा बसिरहेको छ। 

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा गत जेठ १४ गते अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको म्याद बिहीबार सात दिनलाई थपिएको थियो।

शुक्रबारको बैठकबाट पूर्व अर्थमन्त्री शर्मामाथिको रिपोर्टिङ लेख्न सुरु गरिने बताइएको छ। 

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई राति अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको थियो।

त्यसपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो। तर यो समितिले अहिलेसम्म जनार्दनविरुद्ध प्रमाण भेट्टाएको छ।

अर्थमन्त्रालयले जेठ १४ गते रातिको सीसीटीभी फुटेज डिलिट भएको बताएपछि अहिले त्यसलाई फरेन्सिक ल्याब लगेर रिकभर प्रयास भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .