राजनीति


भारत भ्रमणमा प्रचण्ड : आज मोदी भेट्ने, भाजपा मुख्यालय जाने

भारत भ्रमणमा प्रचण्ड : आज मोदी भेट्ने, भाजपा मुख्यालय जाने

फाइल तस्बिर


नेपालखबर
साउन १, २०७९ आइतबार ८:५७, काठमाडौँ

शुक्रबारदेखि भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। 

प्रचण्ड निकट स्रोतका अनुसार उनको आजको कार्यतालिकामा मोदीसँग भेटवार्ता गर्ने र भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुग्ने कार्यक्रम छ। 

पूर्वप्रधानमन्त्री प्रचण्ड भारतीय जनता पार्टी (भाजपा) कै अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन्। 

यसअघि शनिबार उनीसँग भारतका विदेशमन्त्री जयशंकरलगायतले भेटवार्ता गरेका थिए। 

भारत भ्रमण सकेर प्रचण्ड आइतबारै स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .