ad ad

राजनीति


चीनलाई कमजोर पार्न अमेरिका नेपाली भूमि प्रयोग गर्न खोज्दैछ : नारायणकाजी

चीनलाई कमजोर पार्न अमेरिका नेपाली भूमि प्रयोग गर्न खोज्दैछ : नारायणकाजी

फाइल तस्बिर


नेपालखबर
असार ३२, २०७९ शनिबार १६:३३, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिकाले नेपाली भूमि प्रयोग गर्न चाहेको दाबी गरेका छन्। 

राजधानीमा शनिबार आयोजित ‘नेपालको भूराजनीतिक अवस्थाबारे’ छलफलमा भाग लिँदै नेता श्रेष्ठले यस्तो भनेका हुन्। 

‘अमेरिकाले चीनलाई कमजोर पार्न नेपालको भूमि प्रयोग गर्न चाहन्छ’, उनले भने, ‘अग्रशक्तिको रुपमा रहेको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउन चाहन्छ।’

तर नेपाल ठीक दिशातिर नगइरहेको पनि श्रेष्ठले बताए। ‘तर हामी कता जाँदैछौँ, हामी ठीक दिशातिर गइरहेको अनुभूति हुँदैन', उनले भने, 'हामी स्वतन्त्र नीतिबाट विचलित हुन लागिरहेका त छैनौं?’

उनले हामीलाई पुर्खाले छाडेका गौरवशाली देश र राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि प्रश्न उठ्न थालेको पनि बताए। 

'विश्वको परिस्थिति, हाम्रा छिमेकी, नवउदारीकण, नव‍औपनिवेशीकरण र शीतयुद्धको नयाँ सन्दर्भलाई समेत अगाडि राखेर विश्लेषण गर्नुपर्ने आवश्यकता छ', उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .