राजनीति


चुनावबाट एउटा हैसियत बनायौँ, एमालेमाथि धेरै प्रहार गर्नु राम्रो होइन : माधव नेपाल

चुनावबाट एउटा हैसियत बनायौँ, एमालेमाथि धेरै प्रहार गर्नु राम्रो होइन : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०७९ शुक्रबार १७:४८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेकपा एमालेलाई धेरै प्रहार गर्नु ठीक नहुने बताएका छन्। 

शुक्रवार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

उनले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताए। आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहर नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उचित नभएको तर्क उनले गरे। 

अध्यक्ष नेपालले अहिले निर्वाचन परिणामले आफूहरु नेकपा एमालेभित्र हैसियत भएको शक्तिका रुपमा रहेको तर्क गरे। त्यही शक्तिलाई बेवास्ता गर्दा एमालेले नोक्सान भोगिरहेको दाबी उनले गरे। 

‘अहिले निर्वाचनको परिणामले एउटा सन्देश दिएको छ। त्यो सन्देश भनेको नेकपा एमालेभित्र हामी एउटा हैसियत भएको शक्ति थियौँ भन्ने हो', उनले भने, 'यत्रो ठूलो पङ्क्तिलाई बेवास्ता गर्दा सबैभन्दा धेरै नोक्सान एमालेलाई नै भएको छ। पार्टीलाई उचाइमा पुर्‍याउने क्षमता हामीमा छ। राष्ट्रिय राजनीतिमा हाबी हुनसक्ने खुबी हामीमा छ। अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेको छैन। हामीले पनि प्रहार गर्नुहुँदैन। राष्ट्रिय राजनीतिमा भएको हाम्रो हैसियतबाट निराश हुनुपर्ने अवस्था छैन।’

अध्यक्ष नेपालले अझै पनि जनतामा भिजेका नेताहरु आफ्नो पार्टीमा रहेको तर्क गर्दै त्यसको उदाहरण पोखरा नगरपालिका र हेटौंडा उपमहानगरपालिकामा देखिएको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .