प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई साथ दिने भएको छ।
पार्टी अध्यक्ष एवम् संघीय सांसद राजेन्द्र लिङ्देनले संविधानको भावना अनुरुप उपसभामुख पदमा प्रतिपक्षको हक लाग्ने बताउँदै एमालेकी विद्या भट्टराईलाई मतदान गर्ने उल्लेख गरे।
‘संवैधानिक व्यवस्थालाई कुनै तर्क र बहानाको आडमा गलत व्याख्या गरिए संविधान मिच्ने क्रम अझै बढ्छ', उनले भने, 'हाम्रो पार्टीको दृष्टिमा उपसभामुख पद प्रतिपक्षलाई दिनुपर्छ। यो पद प्रतिपक्षको हक पनि हो। त्यसैले हाम्रो समर्थन प्रतिपक्षलाई हुनेछ।’
उनले सत्ता गठबन्धनले प्रतिपक्षलाई उपसभामुख दिन नमानेको पनि बताए। उपसभामुख पदमा प्रतिपक्षीको हक लाग्ने भएकाले आफूहरुले त्यही अनुसार निर्णय लिएको पनि उनले बताए।
Shares
प्रतिक्रिया