ad ad

राजनीति


उपसभामुखको निर्वाचनमा सत्ता गठबन्धनलाई लोसपाको साथ

उपसभामुखको निर्वाचनमा सत्ता गठबन्धनलाई लोसपाको साथ

नेपालखबर
असार ३१, २०७९ शुक्रबार १५:४८, काठमाडौँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा सत्ता गठबन्धनलाई साथ दिएको छ।

प्रतिनिधिसभामा शुक्रबार भएको उपसभामुखको निर्वाचनका क्रममा बोल्दै लोसपा सांसद चन्दा चौधरीले गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने बताइन्। 

यसअघि एमालेको समर्थनमा चौधरीलाई उपसभामुखमा उठाउने कुरा भएको थियो। त्यसका लागि एमालेले लोसपासँग संवाद पनि गरेको थियो।

शुक्रबार बिहान एमाले अध्यक्ष ओली त्यसका लागि लोसपा अध्यक्ष ठाकुरलाई फोन पनि गरेका थिए। 

देउवाले पनि ठाकुरलाई फोन गरेका थिए। देउवाले लोसपालाई सत्तामा ल्याउन यसअघि पनि वार्ता गरेको थियो। 

तर शुक्रबार बसेको संसदीय दलको बैठकले उपसभामुखमा कांग्रेसकी भुसाललाई सहयोग गर्ने निर्णय गरेको हो।

निर्णयलगत्तै लोसपाकी सांसद चन्दा चौधरीले भुसाललाई मत दिने संसदमा बताइन्। संसद बैठकमा बोल्दै उनले आफ्नो पार्टीको समर्थन भुसाललाई हुने बताइन्।

चौधरीले एमाले उम्मेदवार विद्या भट्टराईलाई भाउजुका रुपमा सम्मान गर्ने पनि बताइन्। तर उनले रवीन्द्र अधिकारीलाई रवीन्द्र पाण्डे भन्दै दाजुका रुपमा सम्झिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .