ad ad

राजनीति


चिनियाँ नेतासँग प्रचण्डले उठाए विद्यार्थीका समस्यादेखि नाकामा अवरोधसम्ममा कुरा

चिनियाँ नेतासँग प्रचण्डले उठाए विद्यार्थीका समस्यादेखि नाकामा अवरोधसम्ममा कुरा

नेपालखबर
असार २७, २०७९ सोमबार १८:४२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नियाँ लिउ जियान्चाओसँग विभिन्न मुद्दा उठाएका छन्। 

आफ्नै निवास खुमलटारमा सोमबार अपरान्ह भएको करिब २ घण्टा लामो भेटवार्ताका क्रममा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि उल्लेख गरे। 

'नेपालका पार्टी र जनता एक चीननीतिमा प्रतिवद्ध छन्', उनको भनाइ उद्धृत गर्दै माओवादी विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले भने, 'हामी चीनलाई असल छिमेकीका रुपमा स्वीकार्ने कुरामा प्रतिवद्ध छौँ। नेपालको विकास प्रक्रियामा सहयोगका लागि चीनप्रति धन्यवाद र आभारी छौँ।'

प्रचण्डले केही सामाजिक मुद्दा पनि चिनियाँ नेतासँग उठाएका थिए। 'हाम्रो अध्यक्षले कतिपय सहयोग गर्नुपर्ने विषयमा ठोस रुपमा ध्यानाकर्षण गराउनु भयो', उनले भने, 'चीनमा पढ्न गएका चिकित्सा स्वास्थ्य क्षेत्रका विद्यार्थीको बाँकी समस्या समाधानको कुरा उठाउनु भयो। त्यसैगरी चीन र नेपालबीचको व्यापार घाटा कम गर्ने कुरा पनि राख्नु भएको छ।'

प्रचण्डले भेटमा अरनिको राजमार्ग र केरुङ नाकामा अवरोध भइरहेको भन्दै नियमित सञ्चालनका लागि सहजीकरणमा अनुरोध गरेको श्रेष्ठले बताए। 

'नेपालले जहिल्यै पनि चीनलाई असल मित्रका रुपमा स्वीकार्दै आएको छ', प्रचण्डले भेटमा भने, 'स्वतन्त्र परराष्ट्रनीति अवलम्बन गर्दै चीनविरोधी कुनै पनि गतिविधि गर्न नदिने वाचा हामी गर्छौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .