राजनीति


प्रचण्ड भन्छन् : क्रान्ति अझै पूरा भएको छैन, अर्को आन्दोलन सृष्टि गर्नु छ

प्रचण्ड भन्छन् : क्रान्ति अझै पूरा भएको छैन, अर्को आन्दोलन सृष्टि गर्नु छ

नेपालखबर
असार २३, २०७९ बिहिबार १३:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि सडकको विकल्प छाड्न नमिल्ने बताएका छन्।

पार्टी केन्द्रीय कमिटीको बैठकलाई बिहीबार प्रज्ञा भवन कमलादीमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'क्रान्ति अझै पूरा भएको छैन सडक छाड्न मिल्दैन। जतिबेला हामी सडकमा हुन्छौँ, जनता साथमा हुन्छन्', उनले भने, 'समाजवादका लागि अब ठूलो आन्दोलन सृष्‍टि गर्न त सकिँदैन तर बहस गर्न सकिन्छ। निर्वाचन जित्न विचार राजनीति र चेतना भुल्ने कुरा हुँदैन।'

दाहालले अबको निर्वाचनपछि माओवादीले अरुभन्दा फरक हुनुपर्ने बताए। 'अबको निर्वाचनपछि पनि हामी भिन्न ढंगले चल्नुपर्छ। हामी फरक छौँ भन्ने जनतालाई देखाउनुपर्छ', उनले भने, 'हामी विशेष महाधिवेशनसम्म पुग्दा एउटा क्रान्ति र आन्दोलन सृष्‍टि गर्ने योजना छ।
हामीमा फोहोर मैला र विकृति जम्मा हुँदै गएर बिग्रिने सम्भावना छ। हामीले हिजो संविधानसभाभन्दा गणतन्त्र भन्दा थोरै थियौँ तर आज हामीसँग विशाल शक्ति छ।'

उनले दुई चारजनाले जनयुद्ध थालेको बताउँदै अझै अर्को क्रान्ति सम्भव रहेको बताए। 'हिजो दुई चारजनाले जनयुद्ध थालेका हौँ। अहिले पनि अर्को क्रान्ति गर्न सम्भव छ', उनले भने, 'हाम्रै जीवनकालमा समाजवादी आन्दोलनको विकास सम्भव छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .