ad ad

राजनीति


मन्त्री छाडेपछि जनार्दन शर्मा : गल्ती गरेको छैन, जनतालाई पनि भ्रम परेछ (भिडिओसहित)

मन्त्री छाडेपछि जनार्दन शर्मा : गल्ती गरेको छैन, जनतालाई पनि भ्रम परेछ (भिडिओसहित)

संसद भवनबाहिर पत्रकारहरुसँग बोल्दै जनार्दन शर्मा। तस्बिर : नेपालखबर


नेपालखबर
असार २२, २०७९ बुधबार १८:१०, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्न राजीनामा दिएको स्पष्ट पारेका छन्। 

संसद बैठकमा राजीनामा दिएको घोषणापछि संसद बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन्। 

उनले आफूले बजेट निर्माण गर्दा कुनै गल्ति नगरेको दोहोर्‍याउँदै प्रश्न उठेको विषयमा सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने बताए। 

शर्माले छानबिन समितिको छानबिनबाट आउने कुराले आफूले गरेको आत्मविश्वास प्रष्ट हुने बताए। 

उनले स्थापित मूल्य,मान्यता,विधि, पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण गरेको उल्लेख गरेका छन्। 

‘मैले केही गल्ती गरेको छैन। जे विषय उठेको छ। त्यसको सत्यतथ्य बाहिर ल्याउन मद्दत पुगोस् भनेर मैले राजीनामा दिएको छु। छानबिन हुन्छ, छानबिनले ल्याएका कुराहरु जनतासमक्ष आउँछ। सत्यतथ्य जनता समक्ष आउँछ। मैले गरेको आत्मविश्वास के हो भन्ने कुरा त्यतिबेला प्रष्ट हुन्छ', उनले भने, 'छानबिन समितिलाई सजिलो पार्न, मद्दत गर्न, सत्यतथ्य ल्याउन राजीनामा दिएको हो। बजेट बनाउँदा कुनै गल्ती गरेको छैन। स्थापित मूल्य, विधि, पद्धतिका आधारमा बजेट आएको छ। जुन किसिमले कुरा उठाइएको छ, त्यसले जनतामा भ्रम परेको छ। भ्रम निवारण छानबिनबाट हुनेछ।’

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिनपछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .