ad ad

राजनीति


६ एसएसपीको सरुवा : काठमाडौंमा बोहरा, अपराध महाशाखामा भट्टराई

६ एसएसपीको सरुवा : काठमाडौंमा बोहरा, अपराध महाशाखामा भट्टराई

नेपालखबर
असार २२, २०७९ बुधबार १७:३, काठमाडौँ

गृह मन्त्रालयले ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ।

प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीसहित ६ जना एसएसपी सरुवा भएका हुन्। 

प्रहरी प्रवक्ता केसी अपराध अनुसन्धान विद्यालयमा सरुवा भएका छन्। 

काठमाडौं प्रहरी प्रमुखमा भरतबहादुर बोहरा सरुवा भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयमा जनक भट्टराईलाई सरुवा गरिएको छ।

कुवेर कडायत विपद व्यवस्थापन महाशाखा, अनुराग द्विवेदी मानव बेचविखन ब्यूरो र विकास खनाल लागु औषध ब्यूरोमा सरुवा भएका छन्। 

१७ एसएसपी डीआईजी बढुवा भएसँगै महत्वपुर्ण कार्यालयमा प्रमुख रिक्त भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .