ad ad

राजनीति


एमालेद्वारा संसद बहिष्कार, अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने अडान

एमालेद्वारा संसद बहिष्कार, अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने अडान

नेपालखबर
असार २२, २०७९ बुधबार १६:१६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बहिष्कार गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्मालाई बोल्ने समय दिएपछि एमालेले बैठक बहिष्कार गरेको हो। 

बुधबार दिउँसो ढिलो गरी बसेको संसद बैठकमा समय लिएर बोल्दै एमाले सांसद योगेशकुमार भट्टराईले अर्थमन्त्रीले राजीनामा नदिएसम्म अरु प्रक्रिया अघि नबढ्ने बताए। 

'अर्थमन्त्रीले राजीनामा दिनुपर्छ। अर्थमन्त्रीले राजीनामा दिएपछि मात्रै उहाँको भाषण सुन्न तयार छौँ', उनले भने, 'अर्थमन्त्रीका रुपमा उहाँले पदमा बस्न मिल्दैन। उहाँमाथि सरकारी सूचना बेपत्ता गर्ने गम्भीर आरोप लागेको छ। उहाँलाई पदमा राखेर कुनै पनि छानबिन हुन सक्दैन।'

भट्टराईले जसमाथि छानबिन गर्ने हो भने उसले पदमा बस्न नमिल्ने पनि बताए। 

'अर्थमन्त्रीले राजीनामा दिइसकेपछि यो संसदीय छानबिन समितिले बयान लिन्छ', उनले भने, 'उहाँले अर्थमन्त्रीका रुपमा बयान दिनुपर्छ। संसदीय छानबिन समिति बन्यो। यो सकारात्मक कुरा हो, उहाँलाई बर्खास्त गर्ने हो कि राजीनामा दिने हो उहाँबारे निर्णय हुनुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .