ad ad

राजनीति


प्रेम सुवालको प्रश्न : ललिता निवासको छानबिन किन अलपत्र पारियो?

प्रेम सुवालको प्रश्न : ललिता निवासको छानबिन किन अलपत्र पारियो?

नेपालखबर
असार २०, २०७९ सोमबार १६:४१, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण छानबिनका लागि सरकारले चासो नदिएको गुनासो गरेका छन्। 

सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन्। उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताए। 

'प्रहरीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भयो भनेर मुद्दा अघि बढायो', उनले भने, 'सरकारले त्यो मुद्दा अदालतमा लगेन त्यस्तो हुन्छ? त्यसो गर्न पाउँछ? कसले जवाफ दिने हो?’

सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे। उनले जिल्लाका प्रहरी अधिकारीहरुले जनताको समस्याबारे
मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि बताए। 

सुवालले पशुपति क्षेत्रको तलेजु मन्दिर कौसीमा शौचालय बनाइएको विषय पनि संसदमा उठाएका छन्। 

‘पशुपति क्षेत्रको तलेजु मन्दिरमा कौसीमा शौचालय बनाएको भनेर विरोध छ यो कसले हेर्छ? यो कसको कार्य सञ्चालनभित्र पर्छ?', उनले भने, 'जिल्लाका प्रहरी अधिकारी जनताको समस्याबारे अर्को मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम भइरहेको जनताको गुनासो छ, त्यस्तो गर्न पाउँछ कि पाउँदैन? सबै प्रकारको विधामा प्रहरीले ध्यान दिने बन्दोबस्त हुनुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .