राजनीति


प्रचण्ड पुत्री गंगा र ज्वाइँ जीवन बने माओवादी केन्द्रीय सदस्य

प्रचण्ड पुत्री गंगा र ज्वाइँ जीवन बने माओवादी केन्द्रीय सदस्य

नेपालखबर
असार १९ , काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाल पनि केन्द्रीय सदस्य नियुक्त भएकी छिन्। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी गंगासहित उनका श्रीमान् जीवन आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। 

प्रचण्डले यसअघि गंगा र जीवनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गर्दा चर्को विरोध भएको थियो। त्यसपछि उनी केही समय पछि हटेका थिए। 

यसअघि प्रचण्डपुत्री रेनु दाहाल पनि केन्द्रीय सदस्य बनिसकेकी छन्। उनी भरतपुर महानगरपालिकाको मेयर पनि हुन्। 

त्यस्तै, माओवादी नेता दीनानाथ शर्माकी छोरी कल्पना शर्मा पनि केन्द्रीय समिति सदस्य बनेकी छन्। 

माओवादीले आइतबार (१९ असार) बसेको पहिलो केन्द्रीय समितिको बैठकमा प्रचण्डले केन्द्रीय सदस्य थप गरेको जानकारी गराएका थिए।

गत पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरिएको थियो। त्यसयता केन्द्रीय सदस्य थपिएको थिएन। 

माओवादी केन्द्रको विधानमा २ सय ९९ सय सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ।

माओवादी केन्द्रले थपेका केन्द्रीय सदस्य को को हुन्? (पूरा सूचीसहित)

 

असार १९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.