ad ad

राजनीति


माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक : मधेस प्रदेशबारे निर्मम समीक्षा हुनुपर्छ

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक : मधेस प्रदेशबारे निर्मम समीक्षा हुनुपर्छ

नेपालखबर
असार १९, २०७९ आइतबार १३:२८, काठमाडौँ

काठमाडौंमा आइतबार सुरु नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा मधेसमा पार्टीको अवस्थाबारे छलफल भएको छ। 

मधेस प्रदेशका इन्चार्ज गणेश साहले बैठकमा रिपोर्टिङ गर्दै मधेसमा पार्टीको कमजोर भएको विषयमा निर्मम समीक्षा हुनुपर्ने बताए। 

यस क्रममा उनले आफ्नो पार्टीले मधेसको आर्थिक–राजनीतिक मुद्दाको छलफल नै नगरेको गुनासो गरे। 

‘यसबारे निर्मम समिक्षा हुनुपर्छ’, साहले बैठकमा भने, ‘चुनावमा मात्र मधेसमा समस्या आउने हैन।’

गत स्थानीय तहको चुनावमा माओवादी केन्द्र किन कमजोर भयो भन्ने विषयमा उच्चस्तरीय छनबिन समिति गठन गरेर समस्या समाधान गर्नुपर्ने नेता साहले बताए। 

यस्तै उनले पार्टीमा पदाधिकारी चयन पनि चाँडै हुनुपर्ने माग गरे। गत पुसमा काठमाडौंमा भएको आठौं महाधिवेशनले केन्द्रीय समिति गठन गर्यो भने केन्द्रीय समितिले अध्यक्ष (प्रचण्ड) मात्र चयन गर्यो। यसबाहेकका पदाधिकारी चयन गर्न बाँकी छ।  

प्रदेशगत रिपोर्टिङ अन्तर्गत स्थायी कमिटी सदस्य साहले आफ्ना धारणा राखेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .