नेकपा एमालेको सचिवालय बैठक आज (आइतबार) बस्दै छ।
एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले सचिवालय बैठक बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए।
गत स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी संघीय चुनावको तयारीबारे छलफलका लागि सचिवालय बैठक बोलाइएको तामाङले बताए।
‘जिल्लाहरूबाट (स्थानीय तहको निर्वाचनसम्बन्धी) रिपोर्टिङ आइरहेका छन्, यो विषयमा र आगामी चुनावको तयारीबारे छलफल हुनेछ’, उनले भने।
असार १९, २०७९, आइतबार
54
Shares
प्रतिक्रिया