राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ।
यसअघि असारको पहिलो साता बस्ने भनिएको बैठक विशेष कारण स्थगित भएको थियो।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उमेदवार छनौटको मापदण्ड, सांगठनिक अवस्था र संगठन सुदृढीकरण, आर्थिक लगायत समग्र पक्षमा छलफल हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।
18
Shares
प्रतिक्रिया