राजनीति


हट्ने मन्त्रीहरुको प्रस्ताव समाजवादीद्वारा अस्वीकार, जेठ २२ को सूची संशोधन नहुने

हट्ने मन्त्रीहरुको प्रस्ताव समाजवादीद्वारा अस्वीकार, जेठ २२ को सूची संशोधन नहुने

नेपालखबर
असार ११, २०७९ शनिबार १८:५४, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीले गत जेठ २२ गते भएको निर्णय अनुसारकै सूचीमा रहेका नेताहरुलाई मन्त्रीको शपथ खुवाउने भएको छ।

बहालवाला मन्त्रीहरुले नयाँलाई अवसर दिने भए जेठ २२ मा सबै पुरुष र गैरसांसद राखेर पठाइएको सूची संशोधन गर्नुपर्ने अडान लिएका थिए।

समाजवादीको निर्णयबाट हट्ने सूचीमा परेका उनीहरुले सांसदहरु धनबहादुर बुढा, कृष्णलाल महर्जन, निरा जैरु र हिराचन्द्र केसीको नाम पार्टीमा पठाएका थिए। उनीहरुले मुगुका सांसद गोपाल बमलाई राज्यमन्त्री बनाउन भनेका थिए।

तर केन्द्रीय कमिटी बैठकपछि बोल्ने समाजवादीका प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले मन्त्री हुने नेताको सूचीमा हेरफेर नहुने बताएका छन्। 

'जेठ २२ मा पार्टी सचिवालयले गरेको निर्णयअनुसारको सूची अहिले संशोधन हुँदैन। नाम हेरफेर गरेर मन्त्रिपरिषद्मा नयाँ नाम जाँदैन', उनले भने,'पार्टीसँग यस्तो बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई छैन।'

समाजवादीको जेठ २२ मा बसेको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, मेटमणि चौधरी र गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउने निर्णय गरेको थियो। त्यस्तै स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्ने निर्णय लिएको थियो। 

खतिवडाले चारजना मन्त्रीहरु बैठकमा नआएकोबारे आश्चर्य प्रकट गरे। 'उहाँहरु पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा आउनुपर्ने हो', उनले भने, 'सूचनासहित आज आउन सक्दिन भनेको भए मलाई थाहा भएन। सायद पार्टी अध्यक्षलाई जानकारी होला।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .