ad ad

राजनीति


मन्त्री प्रेम आलेको सचिवालयले भन्यो : कर्मचारीलाई सम्झाएको हो, दुर्व्यवहार गरिएको छैन

मन्त्री प्रेम आलेको सचिवालयले भन्यो : कर्मचारीलाई सम्झाएको हो, दुर्व्यवहार गरिएको छैन

नेपालखबर
असार ३, २०७९ शुक्रबार २१:३७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मातहतका कुनै पनि कर्मचारीलाई आफूले दुर्व्यवहार नगरेको दाबी गरेका छन्। 

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई गालीगलौज गरेको समाचार सार्वजनिक भएपछि मन्त्री आलेको सचिवालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ। 

मन्त्री आलेलाई जोडेर आएका समाचार झुठो भएको दाबी गर्दै सचिवालयले ‘आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटीभीको फुटेज उपलब्ध गराउन सक्ने’ बताएको छ। 

‘निगम कार्यकारी अध्यक्षसँगको प्रसँगमा माननीय मन्त्रीज्यूले स-साना काममा पनि निर्देशन दिनुपर्ने, सचेत गराउनु पर्ने, सम्झाउनु पर्ने क्रम निरन्तर रहेकाले एकपटक मात्र नभई बारम्बार दर्जनौंपटक निर्देशन दिनुपरेको अवस्था आजसम्म कायमै रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्री आलेको सचिवालयले ‘गालीगलौजका सम्बन्धमा कानुनले निषेध गरेको गोपनियताको हकको उल्लंघन गर्दै मन्त्रीसँग निगम सुधार सम्बन्धित नितान्त दुईपक्षीय वार्ता तथा सम्वाद रेकर्ड गर्दै विभिन्न दलका नेता, दलाल, वायर व्यापारी, सञ्चारकर्मीलाई पठाउने काम निरन्तर गरिएपछी कार्यकारी अध्यक्षलाई धेरैपटक सम्झाउँदा पनि नमानेको’ बताएको छ। 

त्यसैगरी कार्यकारी अध्यक्षको व्यक्तिगत चरित्रमाथि निगम भित्रैबाट थुप्रैपटक महिला कर्मचारीले मन्त्रालयमा उजुरी समेत गरेको आरोप लगाइएको छ। 

न्यारोबडी जहाजको इन्जिन मर्मतमा ढिलाई, निजी वायुसेवालाई नै टुइनअटर चार्टर दिने, टर्कीको एक कम्पनीलाई पीएसएस प्रणालीको ठेक्का अपरादर्शी ढंगले सुम्पिने लगायतका गम्भीर कमीकमजोरी भएपछी कार्यकारी अध्यक्षलाई २०७२ वैसाख ९ गते तीन दिने स्पष्टीकरण सोधिएको, चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभएपछि मन्त्रालयले जेठ २५ गते अर्को व्यवस्था नभए सम्मकालागि निलम्बन गर्ने निर्णय गर्दै मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराईएको विज्ञप्तिमा उल्लेख छ। 

यस्तै, ‘हेलिकप्टरमा दुई वटा पाइलट राख्न गरेको प्रस्ताव, पुराना जहाज खरिद गरेर नेपालमा ल्याउने उमेर हद घटाउन गरेको प्रस्ताव, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरणलाई अवरोध पुऱ्याउने खालका अग्ला भवनबारे पाइलटहरुको उडान सुरक्षाबारे गुनासो आएपछि कोटेश्वर, गैरीगाउँ, सिनामङगल परिसरमा बनाइएका केही भवनमा उचाई घटाउन गरिएको निर्णयले प्रभावित हुने भएपछि एउटा गिरोह पछिल्ला दिन निरन्तर मन्त्रीज्यूका विरुद्ध मन्त्रालय मातहतकै निकायका केही व्यक्तिहरुलाई परिचालित गर्दै लागिपरेको’ दाबी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .