राजनीति


मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

नेपालखबर
जेठ १९ , जनकपुरधाम

मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। 

आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो। 

बिहीबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। 

बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले बाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। 

यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव आजको बैठकमा पेश गर्ने कार्यसूची पनि रहेको छ। 

यही अधिवेशनअन्तर्गत मधेस प्रदेश सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने प्रदेशसभा सदस्यलाई जानकारी गराउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। 

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। यस्तै मधेस प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ। 

नीति तथा कार्यक्रमपश्चात् प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विसं २०७८ चैत २९ गते प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको थियो। रासस

जेठ १९, २०७९, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.