राजनीति


अतिरिक्त व्याख्या/अपव्याख्याद्वारा संविधान र प्रणालीमाथि प्रहार भयो : ओली

अतिरिक्त व्याख्या/अपव्याख्याद्वारा संविधान र प्रणालीमाथि प्रहार भयो : ओली

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०७९ आइतबार ९:२५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको बताएका छन्।

१५ औं गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले जनविरोधी शक्तिहरुका अनुचित दुष्प्रयासले अवरोध पुर्‍याएर थाती रहन पुगेका राष्ट्रिय समृद्धिका पाइलालाई उचाइमा पुर्‍याउने एमालेको अभियान रहेको बताएका छन्। 

जारी शुभकामना सन्देशमा भनिएको छ, ‘जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा भएका यस्ता युगान्तकारी कामले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। यसले सिंगो राष्ट्रलाई समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यतर्फ अघि बढाएको थियो।’

संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या/अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको उनले सन्देशमा भनेका छन्।

‘यसले मुलुकको दूरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाप्रतिको जनताको आस्थामाथि समेत चोट पुर्‍यायो’, सन्देशमा ओलीले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .