ad ad

राजनीति


माओवादीले जितिसकेपछि भेटिएको 'ब्यालेट बक्स' खोल्दा एमालेसँग बराबरी

माओवादीले जितिसकेपछि भेटिएको 'ब्यालेट बक्स' खोल्दा एमालेसँग बराबरी

यसअघि नै विजेता घोषित भएपछि खुसीयाली मनाउँदै माओवादी उम्मेदवार र कार्यकर्ता


नेपालखबर
जेठ ५, २०७९ बिहिबार १७:३०, जनकपुरधाम

नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेको ६ दिनपछि भेटिएको मत गन्दा बराबरी मत भएको छ।

महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मतै नगनी वडाध्यक्ष विजयी भएको घोषणा ६ दिनपछि यस्तो नतिजा आएको हो। 

बर्दिबास वडा नम्बर-८ को नतिजा सार्वजनिक भएको ६ दिनपछि खोल्दै नखोलिएको एउटा मतपेटिका फेला परेपछि तनाव भएको थियो।

तर उक्त मतपेटिकाको मत गन्दा जितिसकेका माओवादी उम्मेदवार र पराजित भएका एमाले उम्मेदवारको मत बराबरी भएको हो। वैशाख ३१ मा विजयी माओवादीका लामाले ७५१ मत पाएका थिए भने एमालेका मगरले ७४४ मत पाएका थिए। 

बर्दिबास नगरपालिकाको  कभर्ड हलमा भेटिएको मतपेटिका खोल्दा जितिसकेका माओवादी केन्द्रका शमशेर सिंह र पराजित भइसकेका एमालेका रुद्रबहादुर किङ्गरिग मगरले बराबरी ७६७ मत ल्याएका हुन्। 

जितिसकेका माओवादी उम्मेदवार र पराजित भइसकेका एमाले उम्मेदवारको मत बराबरी भएपछि निर्वाचन अधिकृतको कार्यालयले थप निर्णय लिइसकेको छैन। 

सबै वडाको मतगणना सकेर बर्दिबास ९ को अन्तिम गणना चलिरहँदा ६ दिनअघि नै गणना सकिएको बर्दिबास ८ को एउटा मतपेटिकाले जितिसकेका मा‌ओवादी उम्मेदवारलाई तनाव दिएको छ।

गत वैशाख ३१ गते नै बर्दिबास -८ को मतगणना सकेर परिणाम सार्वजनिक गरिएको थियो। त्यसबेला निर्वाचन अधिकृतले बर्दिबास-८ मा माओवादी उम्मेदवार शमशेरसिंह लामा एमालेका रुद्रबहादुर किङ्गरिङ मगरलाई पराजित गर्दै विजयी बनेको घोषणा गरेका थिए। 

विजेताको टुंगो लागिसकेको वडाको नगनिएको मतपेटिका भेटिएपछि सर्वदलीय बैठक बसेर गनिएको थियो। तर अब दुई उम्मेदवारको मत बराबरी भएपछि निर्वाचन अधिकृतसँग गोलाप्रथाको विकल्प आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .