ad ad

राजनीति


कपिलवस्तुको बाणगंगामा मेयर-उपमेयर दुवै जित्यो एमालेले

कपिलवस्तुको बाणगंगामा मेयर-उपमेयर दुवै जित्यो एमालेले

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १२:५०, बुटवल

कपिलवस्तुको बाणगंगा नगरपालिकाको मेयरमा एमालेका चक्रपाणि अर्याल विजयी भएका छन्। 

उनले १८ हजार ९९९ मत प्राप्त गरी चुनाव जितेका हुन्। कांग्रेसका  रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे । दुवैबीच ६ सय ३९ मतको अन्तर छ।

उपमेयरमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई विजयी भइन्। 

कांग्रेसकी तारावती थारूले १८ हजार ४६४ मत प्राप्त गरेकी छन्। वाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेको छ। 

कांग्रेसले ४ वटा वडा र माओवादीले एउटा वडा जितेको छ। २०७४ सालको चुनावमा बाणगंगाको मेयर कांग्रेसले जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .