ad ad

राजनीति


मेलम्ची ९ मा मतदान अधिकृत कांग्रेससँग मिलेको एमालेको आरोप, मतदान स्थगित गर्न माग

मेलम्ची ९ मा मतदान अधिकृत कांग्रेससँग मिलेको एमालेको आरोप, मतदान स्थगित गर्न माग

नेपालखबर
बैशाख ३०, २०७९ शुक्रबार १७:३२, काठमाडौँ

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ मा मतदान अधिकृत नै कांग्रेससँग मिलेर धाँधली गरेको आरोप नेकपा एमालेले लगाएको छ।

शुक्रबार बिहान मतदान सुरु हुँदै कांग्रेससहितका दलहरुले हुलदंगा गरेपछि त्यहाँ सेना पुगेको थियो।

तर सेना मतदान केन्द्रबाट हटेपछि कांग्रेससहित गठबन्धन दलका कार्यकर्ताहरूले मतदान केन्द्रमै एमाले कार्यकर्तामाथि आक्रमण गरेका थिए।

ज्यामिरेमा बुथ कब्जा गर्न खोजिएपछि सेना गएर हस्तक्षेप गरेको थियो। तर सेना बाहिरिएपछि हुलदंगा गरेर एमालेबाट वडाअध्यक्षका उम्मेदवार ठाकुरनाथ कुइँकेलको छोरो दिवाकर कुइँकेललाई कुटपिट गरेर घाइते बनाइएको थियो। 

दिउँसो हुलदंगा गरेर एमाले कार्यकर्ता र मतदातासमेत घरतिर फिरिसकेपछि मतदान अधिकृत विष्णु गौतमले कांग्रेससँग मिलेर मतदान गराएको आरोप लागेको छ।

मेलम्चीमा एमालेबाट मेयरका उम्मेदवार बालकृष्ण देउजाले एमाले कार्यकर्ता र मतदातालाई पनि घर घरमा रोकेर गौँडा ढुकेर मतदान गर्नै आउन नदिएको बताए। 

कांग्रेसका उम्मेदवार आइतमान तामाङसँग मिलेर मतदान अधिकृत विष्णु गौतमले धाँधली गरेको देउजाले बताए। निर्धारित समय सकिएपछि पनि मतदान अधिकृतले मतदान प्रक्रिया त्यहाँ अघि बढाइरहेका छन्।

स्वतन्त्र मतदान गर्न नपाउने भएपछि एमालेले मतदान रोक्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पनि आग्रह गरेको थियो। तर थपलियाले मतदान अधिकृत तयार भए आफूले स्थगित गरिदिने जवाफ दिएका थिए। 

जिल्लाबाट सुरक्षा व्यवस्था नभएको भन्दै एमालेले मतदान स्थगित गर्न माग गरेको छ। तर मेयरका उम्मेदवार देउजाले मतदान अधिकृत नै कांग्रेससँग मिलेर धाँधली गरिरहेको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .