ad ad

राजनीति


पोखराको मेयर छान्दै एमाले, एक दर्जन बढी आकांक्षी

पोखराको मेयर छान्दै एमाले, एक दर्जन बढी आकांक्षी

वाशुदेव मिश्र
चैत २९, २०७८ मंगलबार १७:५९, पाेखरा

मेयर तथा उपमेयरका उम्मेदवार सिफारिस गर्न एमाले पोखरा महानगरको बैठक सुरु भएको छ।

बैठकमा अहिले उम्मेदवारी दावी गर्नेहरुले आफ्नो उम्मेदवारी किन भन्ने प्रस्तुति दिइरहेका छन्।

एमाले बलियो रहेको पोखरा महानगरको मेयरमा हालकी उपमेयर मञ्जुदेवी गुरुङ, एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ, प्रदेश सांसद तथा पूर्वमेयर कृष्ण केसी र अर्का प्रदेश सांसद राजीव पहारी, केन्द्रीय सदस्य भीम कार्की, एमाले गण्डकीका सहसचिव रस्मी आचार्य, वडा नम्बर १३  का वडाध्यक्ष दर्शन लामा, एमाले केन्द्रीय सदस्य मीना गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइराला, एमाले केन्द्रीय सदस्य भीम कार्की, होटल व्यवसायी भरत पहारी, पुष्पराज अधिकारी, युवा नेताहरु दिलिप न्यौपानेलगायतले आकांक्षा देखाएका छन्।

कास्कीमा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी र उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमध्ये कसका मान्छेले मेयरको टिकट पाउने भन्ने आन्तरिक प्रतिस्पर्धा छ।

मीना पूर्वमुख्यमन्त्रीकी सम्धिनी हुन् भने हालकी उपमेयर मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी। पूर्वमेयर कृष्ण थापा खगराज अधिकारी निकट नेताको रुपमा चिनिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .