ad ad

राजनीति


जनार्दनले भेटे वर्षमानलाई, गरे स्वास्थ्यलाभको कामना

जनार्दनले भेटे वर्षमानलाई, गरे स्वास्थ्यलाभको कामना

दुई नेता भेट्दै। तस्बिर : सन्तोष पुन/फेसबुक


नेपालखबर
माघ १२, २०७८ बुधबार १७:५२, काठमाडौँ

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले भर्खरै चीनमा उपचार गराएर फर्किएका समकक्षी नेता वर्षमान पुनलाई भेटेका छन्। 

वर्षमानको सचिवालयका सन्तोष पुनले दुई जना भेट गरिरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्। 

पुन यही १० गते नेपाल फर्किएका थिए। बैंककमा कलेजोको वंशाणुगत रोगको उपचार हुन नसकेपछि उनलाई पार्टी अध्यक्ष प्रचण्डसहितको पहलमा चीन लगिएको पुनले स्वदेश फर्किएपछि बताएका थिए। 

नेताद्वय शर्मा र पुन पार्टीमा महासचिव पदका लागि दाबेदार मानिन्छन्। यसअघि पुनले अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए। 

पूर्वमन्त्री समेत रहेका पुन ४ महिना विदेशमा उपचारपछि नेपाल फर्किएका हुन्। उनी पुस २० मा चीनको सेन्जेनस्थित अस्पतालबाट डिस्चार्ज भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .