ad ad

राजनीति


प्रदेश १ : एमालेका सोनम ग्याल्जेन विजयी, गठबन्धनका हेमराज राई पराजित

प्रदेश १ : एमालेका सोनम ग्याल्जेन विजयी, गठबन्धनका हेमराज राई पराजित

नेपालखबर
माघ १२, २०७८ बुधबार १७:१०, काठमाडौँ

प्रदेश १ मा नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन्। 

शेर्पा अल्पसंख्यक क्षेत्रबाट राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ बाट ४७३४ मत भारसहित विजयी भएका हुन्। 

उनले गठबन्धनबाट उठेका जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गरेका छन्। 

प्रदेशतर्फ सोनमले ४२ जना सांसदको २०१६ मतभार ल्याउन सफल भए। पराजित जसपाका हेमराज राईले ४९ सांसदको २३५२ मतभार ल्याउन सफल भए। 

त्यस्तै स्थानीय तहतर्फ सोनमले १५२ जनप्रतिनिधिको जम्मा २७३६ मतभार ल्याए। त्यस्तै पराजित राईले ११३ जनप्रतिनिधिको २३५२ मत ल्याउन सफल भए।  

जम्मा मतभार हेर्दा सोनमले ४७५२ मतभार ल्याए। पराजित राई ४३८६ मतभार ल्याए। यस्तोमा सोनमले ३६६ मतान्तरले जित निकालेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .