केही समयदेखि मधेश प्रदेशमा उग्र प्रदर्शन गर्दै आएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधबार जनकपुरमा एकजना डाक्टरमाथि आक्रमण गरेका छन्।
राष्ट्रिय सभाको निर्वाचन भइरहँदा जनकपुरधामस्थित पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि आक्रमण भएको हो।
जनकपुरबाट कामको सिलसिलामा बर्दिबासतर्फ जाने क्रममा लाठी र भाटासहित प्रदर्शनमा उत्रिएका जनमतका कार्यकर्ताले साहमाथि आक्रमण गरेका हुन्।
जनमतका कार्यकर्ताको आक्रमणबाट डा. साहको मुखमा आठवटा टाँका लगाउनुपरेको छ।
जनमतका कार्यकर्ताले उनी सवार सरकारी गाडीमा पनि तोडफोड गरेर क्षति पुर्याएका छन्।
जनमत कार्यकर्ताले यसअघि सर्लाहीको हरिवनका मेयर-उपमेयर सवार गाडी र प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि आक्रमण गरेका थिए।
Shares
प्रतिक्रिया