ad ad

राजनीति


माओवादी केन्द्रले भारतलाई भन्यो : सार्वभौमिक समानताको सम्मान गरियोस्

माओवादी केन्द्रले भारतलाई भन्यो : सार्वभौमिक समानताको सम्मान गरियोस्

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार २०:५७, काठमाडौँ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले नेपाली सार्वभौमिकताको सम्मान गर्न भारतसँग आग्रह गरेको छ। 

नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले गरिरहेको सडक विस्तारको कार्य अविलम्ब रोक्न माग गर्दै माओवादीले ‘शक्तिको बलमा गरिएको भारतीय’ हस्तक्षेपप्रति निन्दा गरेको छ। 

विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले शुक्रबार विज्ञप्ति निकालेर ‘भारतीय पक्षलाई सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग’ गरेका छन्। 

साथै, माओवादीले नेपाल सरकारले सो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा दुःख व्यक्त गरेको छ। 

‘यस सम्बन्धमा नेपाल सरकारले  अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा हामी दुखी छौं । नेपाल सरकारले तुरुन्तै यो अतिक्रमण बिरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माणकार्य बन्द गराउन शिघ्रतिशीघ्र कूटनीतिक पहल गरोस्’ विज्ञप्तिमा भनिएको छ।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा ग्रामिण सडक विस्तार कार्य जारी रहेको बताएका थिए।

मोदीको सो भनाइपछि नेपाली भूमिमा सडक विस्तारका काम रोक्न माग गर्दै विभिन्न राजनीतिक दल तथा संग संगठनहरुले विरोध जनाएपनि सरकारले हालसम्म आधिकारिक धारणा बाहिर ल्याएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .