ad ad

राजनीति


दार्चुला पुगेका कानुनमन्त्रीले भने : भारतले लिपुलेक हुँदै बाटो खनेको मैले पनि सुनेँ

दार्चुला पुगेका कानुनमन्त्रीले भने : भारतले लिपुलेक हुँदै बाटो खनेको मैले पनि सुनेँ

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १३:२५, काठमाडौँ

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनिरहेको समाचार आफूले पनि सुनेको बताएका छन्।

प्रेस युनियन दार्चुलाले बिहीबार सदरमुकाम खलङ्गामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 

तर उनले मोदीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले भारतलाई ध्यानाकर्षण गराइसकेको पनि दाबी गरे। 

‘नरेन्द्र मोदीज्यूले मानसरोवर जाने बाटो लिपुलेकमा बनाएको भन्ने सुनियो, यसमा मानसरोवर यात्राको प्रसंग जोडिएको छ', उनले भने, 'प्रसंग जे भए पनि त्यो हाम्रो भूमि हो।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुस १५ गते उत्तराखण्डको नैनीतालस्थित हल्द्वानी शहरमा आयोजित कार्यक्रममा लिपुलेकमा भारत सरकारले सडक बिस्तार गरिरहेको अभिव्यक्ति दिएका थिए। 

यसबारेमा नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक नगरेको अवस्थामा बडूले यसो भनेका हुन्। 

भारतीय सेनाको सडक निर्माण कम्पनी सीमा सडक संगठन (बीआरओ) ले कालापानीमा सडक कालोपत्रे गरिरहेको छ। नोभेम्बर २८ अर्थात् मंसिर १२ गतेदेखि अतिक्रमित नेपाली भूमिमा गुञ्जीमा सडक कालोपत्रे भइरहेको छ।

अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी र नाभी गाउँ जोड्ने सडकखण्डमा प्रथम चरणमा कालोपत्रे गरिन लागिँदैछ। 

अतिक्रमित नेपाली भूमिमा गुञ्जीदेखि कालापानी हुँदै नाभीढाँगसम्म २२ किलोमिटर सडक लिपुखोलाको किनारैकिनार बनाइएको छ। लिपुलेक भञ्ज्याङबाट कालापानी हुँदै बग्ने लिपुखोला गुञ्जी दोभानमा वास्तविक महाकाली (कुटी नदी)मा मिसिन्छ।

भारतले आफैंले निर्धारण गरेको नक्कली महाकाली (लिपुखोला)को सीमा समेत मिचेर कालापानीमा लिपुखोलाभन्दा पूर्व समेत अतिक्रमण गरी सुरक्षा क्याम्प राखेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .