ad ad

राजनीति


लीलामणि पोखरेलको दाबी : ढुक्क हुनुस्, संसदले एमसीसी पारित गर्दैन

लीलामणि पोखरेलको दाबी : ढुक्क हुनुस्, संसदले एमसीसी पारित गर्दैन

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०७८ बिहिबार १६:३७, सर्लाही

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदले पारित नगर्ने दाबी गरेका छन्। 

बिहीबार सर्लाहीको लालबन्दीमा निर्मल लामा स्मृति प्रतिष्ठान भवनको शिलान्यसपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले परिमार्जन गरेर पनि एमसीसी पारित गर्न नहुने बताए। 

‘पहिलो कुरा– एमसीसी परिमार्जन गर्न अमेरिका तयार छैन, दोस्रो कुरा– अमेरिका यसलाई परिमार्जन गर्न तयार नै भएछ भने पनि यो राष्ट्रघाती परियोजना हो, नेपालले यसलाई पारित गर्नु हुँदैन।’

संसदले एमसीसी पारित गर्ने सम्भावना नरहेको दाबीसमेत उनले गरे। ‘ढुक्क हुनुस्, संसदले एमसीसी पारित गर्दैन, कांग्रेस–एमालेलाई पनि एमसीसी पारित गर्न सजिलो छैन’, पोखरेलले भने। 

एमसीसी पारित भए मुलुक सार्वभौम नरहने जिकिर उनले गरे। एमसीसीविरुद्ध देशव्यापी अभियान चलाउनुपर्नेमा समेत नेता पोखरेलले जोड दिए।

‘एमसीसीमार्फत अमेरिका नेपाललाई उपनिवेश बनाउन चाहन्छ’, उनले भने, ‘अमेरिका नेपाललाई आधार बनाएर चीनविरोधी गतिविधि गर्न चाहन्छ, एमसीसी त्यही उद्देश्यद्वारा निर्देशित छ। अमेरिकाको षड्यन्त्रमा हामी फस्नु हुँदैन।’

श्रीलंकाले एमसीसी परियोजना खारेज गरेको उदाहरण दिँदै नेता पोखरेलले नेपालबाट पनि यो ढिलोचाँडो खारेज हुने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .