राजनीति


उपनिर्वाचन : यी हुन् बैतडीमा नेकपा र कांग्रेसका उम्मेदवार

उपनिर्वाचन : यी हुन् बैतडीमा नेकपा र कांग्रेसका उम्मेदवार

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ४:५५,

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवार टुंगो लगाएका छन्।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवैले उम्मेदवारको टुंगो लगाएका हुन्।

वडाध्यक्ष रिक्त रहेका सुर्नया गाउँपालिका–१, पुर्चौडी नगरपालिका–४ र दोगडाकेदार गाउँपालिका–४ मा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ।

नेकपाका तर्फबाट दोगडाकेदार गाउँपालिका–४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया गाउँपालिका– १ मा धनबहादुर चन्द र पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुकलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले जानकारी दिए।

यस्तै कांग्रेसले सुर्नया गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द, पुर्चौडी नगरपालिका–४ मा गोविन्दबहादुर धामी र दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस (बैतडी)का सचिव वीरबहादुर विष्टले बताए।

उम्मेदवार टुंगो लागेसँगै नेकपा र कांग्रेस दुवैले प्रचारप्रसारमा तीव्रता दिएका छन्। साथै साना दलहरूले पनि आफ्ना उम्मेदवार टुंगो लगाउने तयारी गरिरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad