ad ad

राजनीति


रञ्जु दर्शनालाई कारबाही गरेपछि सहसंयोजक रानाभाटले दिए राजीनामा

रञ्जु दर्शनालाई कारबाही गरेपछि सहसंयोजक रानाभाटले दिए राजीनामा

नेपालखबर
पुस ४, २०७८ आइतबार २०:१४, काठमाडौँ

विवेकशील साझा पार्टीले बागमती प्रदेशका संयोजक रञ्जु दर्शनालाई कारबाही गरेपछि, प्रदेशका सहसंयोजक सुरेन्द्र बहादुर रानाभाटले पनि राजीनामा दिएका छन्।

रानाभाटले प्रदेश समिति भंग भएको घोषणा गर्दै पार्टीबाट राजीनामा दिएका हुन्।

विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले फरक मत राखेकी बागमती संयोजक दर्शनालाई कारबाही गरेका थिए।

मिश्रले ल्याएको दस्तावेजमा लामो समयदेखि विवाद चलिरहेको थियो।  विवादकै बीच प्रदेश २ का संयोजक अनिमेष कुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय पूर्व संयोजक डा. राजेन्द्र पंगेनी, सचिवालय सदस्य प्रतिभा डंगोल, केन्द्रीय सदस्यहरू गरी करिब १०० जना नेता कार्यकर्ताले राजीनामा दिइसकेको मिलन पाण्डे समूहका नेताहरुले बताएका छन्।

साे पार्टीले बागमती प्रदेश संयोजकबाट दर्शनालाई कारबाही गरी सह–संयोजक सुरेन्द्र बहादुर रानाभाटलाई प्रदेशको बैठक बोलाएर नयाँ संयोजक चयन गर्न निर्देशन दिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .