राजनीति


देशहितमा बोल्न नसक्ने मान्छेसमेत राजदूत बनेका छन् : भीम रावल

देशहितमा बोल्न नसक्ने मान्छेसमेत राजदूत बनेका छन् : भीम रावल

नेपालखबर
कात्तिक ७

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले नेपालले कूटनीतिक क्षेत्रलाई सबैभन्दा सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

उपाध्यक्ष रावलले देशको पहिचानलाई विश्वसामु पुर्‍याउन पनि नेपालले कूटनीतिक क्षेत्रलाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औँल्याएका हुन्। 

संयुक्त राष्ट्र संघको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा कूटनीतिको ‘क’ पनि नजान्नेहरु राजदूत भएर विभिन्न देश गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको बताए। 

उपाध्यक्ष रावलले देशको पहिचान मेटाएर आफ्नो पहिचान भेटाउने प्रयास नगर्न पनि कूटनीतिज्ञहरुलाई सचेत गराए। 

उनले भने, ‘मैले यस्तो राजदूत देखेको छु, जसलाई अंग्रेजीको ‘अ’ आउँदैन। कूटनीतिको ‘क’ आउँदैन। मेरो देश नेपाल हो। यो नेपालको हितमा हुनुपर्छ भनेर बोल्न सक्दैन। ऊ नै राजदूत बनेर जाने गरेको छ।’

उपाध्यक्ष रावलले विश्व शान्तिका लागि परिचालन हुने सुरक्षाकर्मीहरुको सेवा र सुरक्षाको उचित व्यवस्थाका लागि  संयुक्त राष्ट्र संघसँग पहल गर्न सरकारलाई सुझाव दिए। उनले आफूले रक्षामन्त्री हुँदा त्यसको पहल गरेपनि समय अभावमा कारण काम गर्न नसकिएको स्पष्ट पारे।

कात्तिक ७, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .