नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि एमालेमा प्रवेश गर्ने भएका छन्।
गृह जिल्ला तनहुँबाट भूगोलको राजनीति अघि बढाउने योजनासहित खनाल एमालेमा प्रवेश गर्न लागेका हुन्।
उनले एमाले प्रवेशका लागि शीर्ष नेताहरुसँग छलफल गरिसकेका छन्। उनी पछिल्लो समय नेता किरण गुरुङसँग छलफलमा जुटेका छन्।
गण्डकी प्रदेशका इन्चार्ज गुरुङले पूर्व आईजीपी खनाल एमालेमा आउन लागेको बताएका छन्।
त्यसका लागि एमाले स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङ आफैंले खनालसँग केही दिनअघि काठमाडौंमा संवाद गरेका थिए।
उनले चाँडै नै तनहुँको भानु जन्म घर भएका खनाललाई एमालेको सदस्यता दिन लागिएको पनि बताएका छन्।
सांसद किसान श्रेष्ठ माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर लागेपछि तनहुँ क्षेत्र नम्बर १ मा एमालेका हेबिवेट नेता छैनन्।
अर्कातिर यो क्षेत्रमा नेता गोविन्दराज जोशीलाई मिलाउन नसकेमा कांग्रेसलाई पनि त्यहाँ सजिलो छैन। यस्तोमा खनालले एमालेको राजनीति थाल्न लागेका हुन्।
खनाल आईजीपीबाट अवकाश पाएपछि एमाले नेता महेश बस्नेतसँग निकट थिए। उनी नेता बस्नेत, वर्तमान मन्त्री किसान श्रेष्ठसँगको एउटा विवादित घटनामा पनि जोडिएका थिए।
आइतवार मात्रै झापाका एकजना व्यवसायी करिब ५ सय कार्यकर्तासहित एमालेमा प्रवेश गरेका छन्। उनी यसअघि माओवादीसँग निकट थिए।
एमाले नेता किरण गुरुङसँग सर्वेन्द्र खनाल
Shares
प्रतिक्रिया