सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्। प्रधानन्यायाधीशले नेपाल बार एसोसियसनसँग छलफल गरेको केही समयमै उनीबाहेकका न्यायाधीशहरुको बैठक अहिले बसिरहेको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार दिउँसो साढे १ बजे फुलकोर्ट बोलाएका छन्। बैठकको सूचना लगतै न्यायाधीशहरुले छलफल थालेका हुन्।
प्रधानन्यायाधीशले आइतबार नेपाल बार कार्यसमितिसँग छलफल गरेका थिए। न्यायालय सुधारका लागि आवश्यक परे राजीनामा पनि दिनु पर्ने बारले माग गरेको छ।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले छलफलपछि भने, ‘हाम्रो माग राजीनामा होइन, उहाँले राजीनामा दिँदा समस्या समाधान हुन्छ भने त्यो पनि गर्नुपर्छ। तर हाम्रो माग व्यक्तिको बहिर्गमन होइन प्रणालीमै सुधार हो।’
यस्तै, न्यायालय र प्रधानन्यायाधीशकै विषयमा अहिले सर्वोच्च अदालत बार एसोसियसनले छलफल गरिरहेको छ।
Shares
प्रतिक्रिया