नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गुटको अन्त्य गरेरमात्रै पार्टी बलियो हुने बताएका छन्।
कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले दसैं, दीपावली तथा छठ पर्वका अवसरमा शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै उनले पार्टी बलियो बनाउन गुट अन्त्य गर्नुपर्ने बताएका हुन्।
पार्टीभित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्नेमा जोड दिँदै नेता केसीले नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुने जिकिर गरे।
उनले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा मतको सही सदुपयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रहसमेत गरे।
लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा नेता केसीले जोड दिए।
कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरेमात्रै पार्टी बलियो हुने उनले बताएका छन्।
कांग्रेस नुवाकोटका सभापति केसीले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई आम निर्वाचनमा देखाउन नहुने बताए। पार्टीलाई बचाउने जिम्मा आमकार्यकर्ताको हातमा रहेको उनले बताए।
Shares
प्रतिक्रिया