राजनीति


तालिबानसँग भेटवार्तापछि पाकिस्तानी विदेशमन्त्री र गुप्तचर प्रमुखले के भने? (भिडिओ)

तालिबानसँग भेटवार्तापछि पाकिस्तानी विदेशमन्त्री र गुप्तचर प्रमुखले के भने? (भिडिओ)

नेपालखबर
कात्तिक ४, २०७८ बिहिबार २२:२४, काठमाडौँ

पाकिस्तानका विदेशमन्त्री शाह महमुद क़ुरैशी बिहीबार अफगानिस्तानको राजधानी काबुल पुगेका छन्। 

अफगानिस्तानको एक दिने भ्रमणका क्रममा काबुल पुगेका उनको साथमा पाकिस्तानी गुप्तचर एजेन्सी प्रमुख जनरल फैज अहमद पनि थिए।

तालिबान सरकारसँग भेटवार्तापछि शाह महमुद कुरैशीले पत्रकारलाई भने, ‘अफगानिस्तानको तालिबान सरकारसँग कुराकानी भयो। कुराकानीमा प्रधानमन्त्री पनि थिए र मन्त्रिपरिषद्का लगभग सबै मन्त्री पनि थिए।’ 

छलफलपछि कुैरैशी पत्रकारसँग कुरा गरिरहँदा अफगानिस्तानका विदेशमन्त्री अमिर खान मोत्तकी पनि थिए। 

मिडियासँग कुराकानी गरेको उक्त भिडिओ तालिाबनका प्रवक्ता अहमदुल्ला वासिकले आफ्नो ट्विटर ह्यान्डलमा पोस्ट गरेका छन्। 

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि कुनै पाकिस्तानी मन्त्रीको यो पहिलो अफगानिस्तान भ्रमण हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .