ad ad

राजनीति


एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीतिर

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीतिर

नेपालखबर
असोज २१, २०७८ बिहिबार १२:१५, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा ​(एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्।

एमाले उपाध्यक्ष भीमबहादुर रावलनिकट उनी एकीकृत समाजवादी पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका हुन्। 

उनले बिहीबारै एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै उनी एकीकृत समाजवादी प्रवेश गरे।

जोशीलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितले पार्टीमा स्वागत गरेका छन्। 

एमालेमा १० बुँदे कार्यान्वयन नभएको भन्दै जोशी असन्तुष्ट थिए।

जोशी, उपाध्यक्ष रावल र अर्का सांसद झपट रावलले यसअघि बसेको एमाले बैठकमा १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए। 

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा एमाले इन्चार्ज लेखराज भट्ट नै कायम हुने बताएपछि विवाद बढेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .