ललितपुरको गोदावरीमा शुक्रबारदेखि एमालेको पहिलो विधान महाधिवेशन चलिरहेको छ।
अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ महाधिवेशनमा निर्विकल्प अध्यक्ष बनाउने रणनीति अनुसार विधान महाधिवेशन अघि बढेको छ।
विधान महाधिवेशनस्थलमै ओलीका अग्ला अग्ला स्ट्याचु राखिएको छ। महाधिवेशनस्थलको हलदेखि बाहिरसम्म ओली नै एकछत्र छाएका छन्।
एमालेमा ओली क्रेज बढेको देखाउन गोदावरीदेखि काठमाडौं सहरका विभिन्न चोकमा पनि डिजिटल डिस्प्ले राखिएको छ।
विधान महाधिवेशनबारे बुझाउन राखिएका ती डिजिटल डिस्प्लेमा पनि ओलीका ठूला ठूला तस्विर देखाइएको छ।
एमालेमा ओली निर्विकल्प रहेको सन्देश दिने गरी चाबहिल, चुच्चेपाटी, दरबारमार्ग, कालिमाटी, हात्तीसार र तीनकुनेमा यस्ता ठूलो आकारका डिजिटल डिस्प्ले राखिएको हो।
जहाँ क्षण क्षणमा ओलीका फरक फरक भावभंगी झल्किने तस्विर आइरहन्छन्। विधान महाधिवेशनसम्बन्धी सन्देश त छ तर ओलीकै तस्विरले प्राथमिकता पाएको छ।
Shares
प्रतिक्रिया