प्रधानमन्त्री एमव् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
उनले बुधबार दिउँसो ३ बजेका लागि निजी निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन्।
मन्त्रिपरिषद् विस्तार र मंसिरमा हुने भनिएको १४ औँ महाधिवेशनबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको महामन्त्री डा. शशांक कोइरालाको सचिवालयले जनाएकोछ।
मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरिसकेको छ।
93
Shares
प्रतिक्रिया