ad ad

राजनीति


चितवन र मकवानपुरलाई जोडेर देशको राजधानी बनाऊँ : मुख्यमन्त्री शाक्य

काठमाडौंलाई प्रदेश राजधानी काम गर्दा उपयुक्त
चितवन र मकवानपुरलाई जोडेर देशको राजधानी बनाऊँ : मुख्यमन्त्री शाक्य

नेपालखबर
असोज ५, २०७८ मंगलबार २१:२२, काठमाडौँ

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चितवन र मकवानपुरलाई जोडेर देशको संघीय राजधानी बनाउनुपर्ने बताएकी छन्।

भरतपुरमा मंगलबार आयोजित जिल्ला समन्वय समिति चितवनको पाँचौँ जिल्ला सभाको उद्घाटनका क्रममा शाक्यले हालको राजधानी काठमाडौँ पुग्न सबैलाई कठिन पर्ने भएकाले पूर्वपश्चिम राजमार्गमा जोडिएको चितवन र मकवानपुर जोडेर देशको राजधानी बनाउनुपर्ने तर्क गरिन्। 

शाक्यले काठमाडौंलाई प्रदेशको राजधानी बनाएर सबैलाई पायक पर्ने चितवन र मकवानपुरलाई देशको राजधानी बनाउनुपर्नेमा जोड दिइन्।

‘काठमाडौं बागमती प्रदेशका १३ वटा जिल्ला बीचमा छ, त्यसलाई प्रादेशिक राजधानी बनाऊँ, चितवन र हेटौंडालाई जोडेर केन्द्रीय राजधानी किन नबनाउने?’, मुख्यमन्त्री शाक्यले भनिन्। 

अब यो विषयलाई छलफल गरेर अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताइन्। देशको पूर्वी र पश्चिमी क्षेत्रलाई सहजै रुपमा जोड्ने क्षेत्रलाई भावी राजधानीका रुपमा विकास गर्नुपर्ने उनले बताइन्। 

मुख्यमन्त्री शाक्यले चितवन र मकवानपुरमा विदेशमा हुने उपचार सुविधाको विकास गर्न सबै लाग्नुपर्ने भन्दै त्यसले काठमाडौँएको स्वास्थ्य चाप घटाउने पनि उल्लेख गरिन्। 

फरक प्रसंगमा शाक्यले बागमती प्रदेश सरकार अल्पमतमा परे पनि दिन गनेर नबसेको बताइन्। प्रदेश सरकार हरेक दिन, रात राम्रो काम गर्ने प्रयासरत रहेको उनले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .