राजनीति


सांसद वलीले शंकर पोखरेलविरुद्ध दिएको अपहरणको जाहेरी बुटवल प्रहरीले पठायो दाङ

दाङका एसपी भन्छन्: जाहेरी आएको छैन
सांसद वलीले शंकर पोखरेलविरुद्ध दिएको अपहरणको जाहेरी बुटवल प्रहरीले पठायो दाङ

लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेल सहित ४ जना विरुद्ध दिएको जाहेरी बुटवलबाट दाङ पठाइएको छ।

आफूलाई अपहरण तथा बन्धक बनाएको भन्दै विमलाले शंकर पोखरेल सहित ४ जना विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी थिइन्।

उक्त जाहेरी दाङ पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले जानकारी दिए।

‘हामीले यहाँबाट आज पठाइसक्यौ। हामीले पठाएका छौं। उता प्रक्रिया सुरु होला,’ उनले भने, 'घट्ना जहाँ भयो त्यही दर्ता हुने भन्ने कानूनी आधारका कारण हामीले पठाएका हौं।’

जिल्ला प्रहरी कार्यालय दाङले भने बुटवलबाट पठाएको जाहेरीबारे बताउन आनाकानी गरेको छ। दाङका प्रहरी प्रमुख एसपी सुरेन्द्रप्रसाद काफ्लेले उजुरी नआइपुगेको बताए।

‘उता दिएको त यहाँ आइपुगेको छैन। आएपछि मात्र थाह होला। नआइकन त मैले के भन्नु खै,’ उनले भने। 

लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले ३ दिनअघि सांसद विमलाले इलाका प्रहरी कार्यालयमा गएर जाहेरी दिएको र उजुरी दर्ता भएको भर्पाई पनि लिएको बताए।

‘सुरुमा जिल्लाको एसपीसँग कुरा गरेका थियौं। एसपीले बुटवलको डिएसपीलाई बुझाउनुस् भनेकाले डिएसपीलाई बुझाएर भरपाई पनि लिएका हौं,’ उनले भने ‘डिएसपीले दाङमा पठाउँछौं भनेर भनेर हामीलाई भन्नुभएको थियो। दाङबाट हामीलाई कुनै जानकारी आएको छैन।’

घर्तीले ​आफूहरुले दिएको जाहेरीअनुसार कारवाही प्रक्रिया अघि बढ्नुपर्ने बताए। उनले जाहेरी बुझाइसकेपछि बुटवलको इलाका प्रहरी कार्यालयले जिम्मेवारी लिनुपर्ने उल्लेख गरे। 

पोखरेल मुख्यमन्त्री रहँदा आफूलाई दाङबाट ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको हुनुपर्ने जाहेरीमा उल्लेख छ। 

जाहेरीमा उनले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छन्।

भदौ ३०, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .